भक्तपुर । आश्रयस्थलमै खाना रोकिएपछि भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरू चिउरा र दालमोठ खाएर सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन्।

सरकारले शुक्रबार दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो। तर आफ्नो बसोबासको उचित व्यवस्थापन नभएसम्म सेन्टर नछोड्ने अडानमा रहेका उनीहरूले प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका हुन्।

खाना रोकिएपछि आधारभूत आवश्यकतासमेत प्रभावित भएको भन्दै उनीहरू चिउरा र दालमोठको भरमा बस्न बाध्य भएका छन्।

आफ्नो सुरक्षित आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट हटाउन खोजिएको भन्दै उनीहरूले सरकारसँग उचित व्यवस्थापन र मानवीय व्यवहारको माग गरेका छन्।

14
Shares
१२ मंसिर २०८३, शुक्रबार १५:५३