सन्दिप गौतम
यो मन,
प्रकृति अनि संगीतसँग रमाउँछ,
तिमीलाई आफूभित्र खोज्छ
सपना र रहर पुरा गर्न खोज्छ,
आशा, भरोसामा अडिन्छ
एकान्त अनि कोलाहलमा
मधुर संगीत खोज्छ।

मौनता होस् या आवाज
पढ्छ यो मन
दुःख होस् वा सुख
रमाउँछ यो मन।
प्रेम होस या तिरस्कार
रमाउँछ यो मन
बाचुन्जेललाई
बाचुन्जेललाई

–इटहरी, सुनसरी

882
Shares
३० भाद्र २०७९, बिहीबार २२:२१