घर धन्दा खेत खलियान
सबै भ्याउनु पर्ने
मीठो मसिनो पकाइ
सबैलाई रिझाउनु पर्ने
दैनिकी उनको।

लाग्द छ म्याराथुन दौडमा
भाग लिएकी हुँदी हुन्
चुल्हा चौका, हाट बजार
निपूर्णताका साथ सक्दथिन्
धर्म ,कर्म, मृत्युु संस्कार
छुटेका थिएनन् कुनै व्यवहार।

स्वागत सत्कार
भएकै थिए पाहुना
आएकै थिए
हरेक दिन हरेक पल
बेर्फुसदिला भागमभाग

विचित्र संस्कार
वर्षौ भकारीमा अन्न
मुसा साङ्लाको रजाइँ
चिल्सा घुन लागुन्जेल
पुरानो गन्ध आउन्जेल
जगेडा राख्नु पर्ने ।

न कुनै सोख न बैंशालु रहर
न चमेलीको तेल टाउकोमा
न लालिमय शृङ्गार
विशुद्ध प्राकृतिक रङ्गमा
रङ्गिएकी
मेरी आमा मात्र ममताकी भण्डार।

-विराटनगर १०

1.2k
Shares
१ आश्विन २०७९, शनिबार ११:०४