काठमाडौं । सामाजिक सुरक्षा कोषको रकम व्यवस्थापन र संस्थागत संरचनालाई लिएर श्रमिक संगठनले प्रश्न उठाएको छ। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले कोषको स्वायत्तता, त्रिपक्षीय संरचना र श्रमिक प्रतिनिधित्व कमजोर बनाउने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका छन्।

नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले प्रशासनिक पुनर्संरचनाका नाममा सामाजिक सुरक्षा कार्यक्रमको मूल चरित्र परिवर्तन गर्न खोजिएको भन्दै आपत्ति जनाएका हुन्।

उनले श्रमिक आन्दोलनको संस्थागत सहभागिता घटाउने तथा रोजगारदाता, श्रमिक र सरकारबीचको त्रिपक्षीय संरचनालाई कमजोर बनाउने प्रयास नगर्न सरकारलाई सचेत गराएका छन्।

कार्यक्रममा सामाजिक सुरक्षा कोषमा करिब एक खर्ब ६० अर्ब रुपैयाँ जम्मा भएको अवस्थामा १२ अर्ब रुपैयाँ मात्रै चल्ती खातामा रहेको विषयसमेत उठाइएको थियो। कोषको ठूलो रकम व्यवस्थापन र परिचालनबारे पारदर्शिता तथा जवाफदेहिताको आवश्यकता औँल्याइएको छ।

 
7
Shares
१२ मंसिर २०८३, शुक्रबार १६:३५