सरकारले सङ्घीय सरकारअन्तर्गत कार्यरत करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक, बालविकास सहजकर्ता र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाउन लागेको हो।
नवौँ सामाजिक सुरक्षा दिवस, २०८३ का अवसरमा आयोजित कार्यक्रममा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले यस्तो जानकारी दिएकी हुन्।उनले सामाजिक सुरक्षा सबै श्रमिकको साझा अधिकार र सुरक्षित भविष्यको आधार भएको उल्लेख गर्दै यसको दायरा विस्तारका लागि आवश्यक नीतिगत तथा संस्थागत पहल अघि बढाइएको बताइन्।
यो व्यवस्था कार्यान्वयनमा आए करार, अस्थायी तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले समेत सामाजिक सुरक्षा सुविधामा पहुँच पाउने अपेक्षा गरिएको छ।