विराटनगर । अरनिको उच्च माविले आयोजना गरेको कविता प्रतियोगिता उन्नति पौडेलको कविता उत्कृष्ट घोषित भएको छ । ‘मौनता’ शीर्षकको उनको कविताले उत्कृष्ट बन्दै प्रथम पुरस्कार पाएको हो।
‘देह त्याग’ शीर्षकको कविता वाचन गरेर आगमन नेपाल द्वितीय बने । यस्तै ‘आखिर मलाई सबैले के देख्छन्’ शीर्षकको कविता प्रस्तुत गरेकी क्रस्मा राईले तृतीय पुरस्कार पाइन् ।
‘हो यो कथा सबैको’ शीर्षकको कविता सुनाएकी दीक्षा मिश्रा र ‘थोत्रो घर’ शीर्षकको कविता वाचन गर्ने युगेश अधिकारीले सान्त्वना पुरस्कार पाए ।
प्रतियोगिताको निर्णायकहरुमा कवि भरत गुरागाईं, मीनकुमार नवोदित र अम्बिका खरेल उप्रेती थिए ।
प्रतियोगितामा ११ र १२ कक्षामा अध्ययनरत ६६ जना विद्यार्थीले कविता वाचन गरेका थिए । विद्यालयले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकतामा राखेको कलेजका प्रिन्सिपल राजेश कार्कीले बताए ।
तीनैजना निर्णायक तथा ईश्वरी गौतम र अरुण कोइरालाले अप्रितियोगी कविता वाचन गरेका थिए ।
लक्ष्मीप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कलेजका संस्थापक भरतराज दाहाल, उमेन्द्रविलास लुइँटेल, निलम अधिकारी, शैलेश झा, डा.भविन्द्र निरौला, विकास खनाललगायतले पुरस्कार वितरण गरे ।