धनुषा । मन्त्री प्रतिभा रावल मुसहर बस्तीमै पुगेर स्थानीय नागरिकका समस्या र गुनासा सुन्न भुइँमै बसेकी छन्। धनुषाधाम नगरपालिका–१ र २ का मुसहर बस्तीमा पुगेर उनले भूमिहीन नागरिकसँग प्रत्यक्ष संवाद गरेकी हुन्।

भेटका क्रममा स्थानीयले भोग्दै आएका समस्या र जग्गाको स्वामित्वसँग जोडिएका विषयबारे मन्त्री रावलले जानकारी लिएकी थिइन्। उनले समस्या समाधानका लागि भइरहेका प्रयास तथा आगामी योजनाबारे पनि स्थानीयलाई जानकारी गराइन्।

मन्त्री रावलले भूमिहीन नागरिकलाई जग्गाको लालपुर्जा उपलब्ध गराउने प्रक्रियालाई तीव्रता दिँदै समस्या छिट्टै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

वर्षौंदेखि जग्गाको स्वामित्व र स्थायी बसोबासको प्रतीक्षामा रहेका भूमिहीन परिवारका लागि मन्त्रीको यो प्रतिबद्धता आशाको विषय बनेको छ। अब स्थानीयको अपेक्षा प्रतिबद्धता व्यवहारमा कहिले कार्यान्वयन हुन्छ भन्नेमा केन्द्रित छ।

7
Shares
१२ मंसिर २०८३, शुक्रबार १६:१२