काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा केहीबेरअघि भएको भेटमा प्रधानमन्त्री शाहले आफ्नो हालै सम्पन्न भारतको राजकीय भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएका हुन्।

भेटका क्रममा प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा भएका छलफल, समझदारी तथा दुई देशबीचको सम्बन्धसँग जोडिएका विषयबारे जानकारी गराएको बताइएको छ।

भारत भ्रमणबाट फर्किएपछि प्रधानमन्त्रीले राष्ट्रपतिलाई दिएको यो जानकारीलाई सरकारको कूटनीतिक गतिविधि र भ्रमणका विषयमा भएको औपचारिक संवादका रूपमा हेरिएको छ।
7
Shares
१२ मंसिर २०८३, शुक्रबार १६:०६