व्यावसायिक पत्रकारिताको क्षेत्रमा यात्रा सुरु गर्ने क्रममा हामीले आजदेखि एएमजी टाइम्स डिजिटल पत्रिका प्रकाशन सुरु गरेका छौं । आम पाठक र दर्शकलाई ससूचित गराउने उद्देश्यले सञ्चारको यो महत्वपूर्ण माध्यमलाई हामीले अपनाएका हौं ।

सूचना नै शक्ति हो भन्ने मान्यतालाई मध्यनजर गर्दै हामी समाजका हरेक क्षेत्रका समाचारहरु पाठक, दर्शकसमक्ष प्रस्तुत गर्ने छौं । यसका लागि अनलाइनलाई नै माध्यम बनाएर हामी श्रव्यदृश्य सामग्री पनि पस्कने छौं ।

अनलाइनबाट निरन्तर समाचारहरु प्रकाशन भइरहने छन् । समाचारका साथै विचार, कुराकानी, अनि विभिन्न क्षेत्रमा लामो अनुभव संगालेका व्यक्तित्वहरुको भोगाइका कथाहरु पनि समावेश हुनेछ ।

श्रव्यदृश्यको माध्यमले अझ प्रभावकारी रुपमा समाचार र विचार प्रवाह गर्नका लागि तयारी अन्तिम चरणमा पुगेको छ । केही दिनभित्रै हामी यस माध्यमबाट पनि तपाईंहरुसमक्ष आउने छौं ।

आभाष मिडिया ग्रुप प्राइभेट लिमिटेडले अनुभवी र दक्ष सञ्चारकर्मीहरुसँगको सहकार्य सुरु गरेको छ । स्तरीय, निष्पक्ष र सन्तुलित एवं विषयगत रुपमा विविधतायुक्त समाचारका लागि हाम्रो टिमले मेहनत गर्नेछ ।

यसैगरी पत्रकारिता विषय लिएर अध्ययन गरिरहेका नयाँ पुस्तालाई पनि यसमा अवसर दिएर दक्ष जनशक्ति तयार पार्नेमा हाम्रो मेहनत रहने छ ।

सुरुआत भएको छ, अब यसलाई निरन्तरता दिनु पर्ने छ । यो काम सजिलो पक्कै छैन । तर अवसर र चुनौतीका रुपमा स्वीकार गरेर अघि बढ्ने हाम्रो प्रतिवद्धता छ । यो प्रतिवद्धतालाई साकार पार्न समस्त पाठक, दर्शक, विज्ञापनदाता अनि शुभेच्छुकहरुको साथ, सहयोग अनि सुझाव महत्वपूर्ण हुनेछ ।

धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु