महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सङ्घीय सरकारअन्तर्गत करारमा कार्यरत कर्मचारी, राहत शिक्षक तथा बाल विकास सहजकर्तालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन आवश्यक नीतिगत आधार तयार गरिएको जानकारी दिएकी छन्।
नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।सरकारको यो पहल कार्यान्वयनमा आए विभिन्न सेवा क्षेत्रमा कार्यरत व्यक्तिहरूले सामाजिक सुरक्षाको सुविधा पाउने अपेक्षा गरिएको छ। तर प्रधानमन्त्री, मन्त्री र सांसदलाई समेट्ने प्रक्रिया तथा त्यसको कार्यान्वयनसम्बन्धी विस्तृत व्यवस्था भने स्पष्ट हुन बाँकी छ।