काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किने संकेत देखिएको छ। पार्टीको आधिकारिक चुनाव चिह्न ‘रुख’ र चारतारे झण्डा देउवा पक्षले आयोजना गर्ने महाधिवेशनमा प्रयोग गर्न नपाउने व्यवस्था गर्न माग गर्दै संस्थापन पक्ष निर्वाचन आयोग जाने तयारीमा जुटेको छ।

पार्टीको आधिकारिक कार्यसमिति निर्वाचन आयोगमा अद्यावधिक भइसकेको आधारमा यस्तो कदम चाल्न लागिएको बताइएको छ। आधिकारिक कार्यसमिति नै आयोगमा अभिलेखमा रहेकाले पार्टीको नाम, चुनाव चिह्न र झण्डाको प्रयोगमा आफ्नो पक्षको अधिकार रहने संस्थापन पक्षको दाबी छ।

यस विषयमा निर्वाचन आयोगमा औपचारिक माग पेस गर्ने तयारी भइरहेको छ। आयोगले यसबारे कस्तो निर्णय गर्छ भन्ने विषयले कांग्रेसभित्रको विवादलाई थप प्रभावित पार्न सक्ने देखिन्छ।

पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डाको प्रयोगलाई लिएर देखिएको विवादले कांग्रेसको आन्तरिक शक्ति संघर्ष अब निर्वाचन आयोगसम्म पुग्ने संकेत गरेको छ।

14
Shares
१२ मंसिर २०८३, शुक्रबार १५:१७