खाना नपाएको भन्दै उनीहरूले रित्तो थाल बजाएर सरकारविरुद्ध प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले सरकारविरोधी प्लेकार्डसमेत बोकेका थिए।
स्थानीय प्रशासनले सूचना जारी गर्दै आज दिउँसो २ बजेदेखि होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो। बसोबासको वैकल्पिक व्यवस्था र खानपानको समस्या झेलिरहेका उनीहरूले सरकारको कदमप्रति असन्तुष्टि जनाएका छन्।होल्डिङ सेन्टर खाली गराउने सरकारी निर्देशनसँगै त्यहाँ आश्रित परिवारको आवास, खाद्य सुरक्षा र बालबालिकाको अवस्थाबारे चासो बढेको छ।