काठमाडौं जिल्ला अदालतले शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई अर्याललाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट बिहीबार पक्राउ परेका उनलाई म्याद थपका लागि शुक्रबार अदालतमा पेस गरिएको थियो।
सीआईबीका अनुसार नेपाल र मलेसिया सरकारबीच भएको सम्झौताविपरीत गैरकानुनी रूपमा सङ्कलित रकम मलेसिया पठाइएको प्रकरणमा अर्यालको भूमिकाबारे अनुसन्धान भइरहेको छ।प्रहरीले अमेरिकी डलर ८३ लाख ७० हजार ४३९ दशमलव ९२ र बेलायती पाउन्ड ३७ लाख १७ हजार ९८० दशमलव ८० गरी कुल एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा गैरकानुनी रूपमा मलेसिया पठाइएको आरोपमा अनुसन्धान अघि बढाएको जनाएको छ।
उक्त रकम पठाउने निर्णय प्रक्रियामा प्रत्यक्ष संलग्न रही आर्थिक लाभ लिने तथा दिलाउने कार्यमा अर्यालको भूमिका रहेको प्रहरीको आरोप छ। यस प्रकरणमा विकास रानाभाटसमेतको जाहेरीका आधारमा कैलाश खड्कासहितका प्रतिवादीमाथि ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।