भक्तपुर । सरकारले खाना वितरण बन्द गरेपछि भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीहरू रित्तो थाल बोकेर विरोध प्रदर्शनमा उत्रिएका छन्।

खाना नपाएको भन्दै उनीहरूले रित्तो थाल बजाएर सरकारविरुद्ध प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले सरकारविरोधी प्लेकार्डसमेत बोकेका थिए।

स्थानीय प्रशासनले सूचना जारी गर्दै आज दिउँसो २ बजेदेखि होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो। बसोबासको वैकल्पिक व्यवस्था र खानपानको समस्या झेलिरहेका उनीहरूले सरकारको कदमप्रति असन्तुष्टि जनाएका छन्।

होल्डिङ सेन्टर खाली गराउने सरकारी निर्देशनसँगै त्यहाँ आश्रित परिवारको आवास, खाद्य सुरक्षा र बालबालिकाको अवस्थाबारे चासो बढेको छ।

14
Shares
१२ मंसिर २०८३, शुक्रबार १४:१३