काठमाडौं । सरकारले होल्डिङ सेन्टर खाली गर्न सूचना जारी गरेपछि त्यहाँ बस्दै आएका परिवारहरू थप समस्यामा परेका छन्। शुक्रबारदेखि खाना वितरणसमेत रोकिएपछि उनीहरूको दैनिक जीवन झन् कठिन बनेको छ।

होल्डिङ सेन्टरबाट निकालिने त्रासका कारण बालबालिकालाई विद्यालय पठाउनसमेत नसकेको त्यहाँ बस्दै आएकी कृष्णमायाले बताएकी छन्।

‘निकाल्ने भन्ने त्रासले नातानातिनीलाई स्कुल पठाउन पाइएन। भोकै पठाउन पनि सकिएन,’ उनले आफ्नो पीडा सुनाइन्।

बसोबासको अन्य व्यवस्था नहुँदा होल्डिङ सेन्टरमा आश्रित परिवारहरू अन्योल र असुरक्षाबीच दिन बिताउन बाध्य भएका छन्। यस्तो अवस्थामा प्रभावित परिवारको व्यवस्थापन र बालबालिकाको शिक्षा तथा खानपान सुनिश्चित गर्नु चुनौतीपूर्ण बनेको छ।

 
7
Shares
१२ मंसिर २०८३, शुक्रबार १३:१६