चितवन । वर्षौँदेखि जग्गाको स्वामित्वविहीन अवस्थामा बस्दै आएका चितवनका ८३ परिवारले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन्।

भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी परिवारलाई सरकारले जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो।

पुर्जा प्राप्त गर्नेमा इच्छाकामना गाउँपालिकाका ६६ र रत्ननगरका १७ परिवार रहेका छन्। लामो समयदेखि जग्गाको स्वामित्वको प्रतीक्षामा रहेका परिवारका लागि यो वितरणले आफ्नै जमिनमा बसोबास गर्ने आशा थप बलियो बनाएको छ।
14
Shares
१२ मंसिर २०८३, शुक्रबार ११:१२