विराटनगर । नेपाली बजारमा सुनचाँदीको मूल्यमा फेरि उल्लेख्य वृद्धि भएको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले बढ्दा चाँदी पनि १२० रुपैयाँले महँगिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १२० रुपैयाँले बढेर ३ हजार १९५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला ३ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो।

एकैदिन दुवै बहुमूल्य धातुको मूल्यमा वृद्धि भएपछि सुनचाँदी बजारमा फेरि मूल्यवृद्धिको प्रभाव देखिएको छ।

14
Shares
१२ मंसिर २०८३, शुक्रबार ११:०२