गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले विदुर नगरपालिका–१ स्थित ढुङ्गे र त्रिशूली बजार जोड्ने नयाँ तथा पुराना दुवै पक्की पुल बगाएको थियो।
पक्की पुल बगेपछि सुरुवाती दिनमा स्थानीयले तुइन तथा वैकल्पिक बाटोको जोखिमपूर्ण यात्रा गर्नुपरेको थियो। स्थानीयको आवागमन सहज बनाउने उद्देश्यले निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा आएपछि अहिले पैदलयात्रीलाई आवतजावत गर्न सहज भएको छ।पक्की पुलको विकल्पका रूपमा बनेको झोलुङ्गे पुलले स्थानीयको दैनिक आवागमनमा ठूलो राहत पुर्याएको छ। यद्यपि, स्थायी पक्की पुल निर्माणको आवश्यकता भने कायमै छ।