काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उच्चस्तरीय प्रतिनिधिमण्डल ११ दिने चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्किएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा गएको टोलीले नोभेम्बर १५ देखि २६ सम्म चीनका छेन्दु, हाङझाउ र बेइजिङको भ्रमण गरेको थियो।

भ्रमणका क्रममा प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता ली शुलेईसँग उच्चस्तरीय राजनीतिक संवाद गरेको थियो। भेटवार्तामा दुई पार्टीबीच आपसी समझदारी, सम्बन्ध विस्तार तथा आगामी सहकार्यका विषयमा छलफल भएको रास्वपाले जनाएको छ।

चीन भ्रमणपछि स्वदेश फर्किएको रास्वपाको टोलीले दुई पार्टीबीचको संवाद र सहकार्यलाई कुन रूपमा अघि बढाउँछ भन्ने चासो बढेको छ।

3
Shares
१२ मंसिर २०८३, शुक्रबार ११:२९