काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय तथा आवास भवन र पक्की पुलको शिलान्यास गरेका छन्।
उनले आयोजित कार्यक्रममा कम्पनीको कार्यालय तथा आवास भवन र पक्की पुल निर्माण कार्यको औपचारिक शुभारम्भ गरेका हुन्।यी पूर्वाधार निर्माणले बुढीगण्डकी जलविद्युत् आयोजनासँग सम्बन्धित संस्थागत तथा भौतिक संरचना विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।