मधेश । दाजुभाइ तथा दिदीबहिनीबीचको पवित्र प्रेम, आत्मीयता र सद्भावको प्रतीक मानिने मधेशको मौलिक लोकपर्व सामा–चकेवा मनाइएको छ।

छठ पर्वको खरना अर्थात् पञ्चमीदेखि सुरु भएको यो पर्व पूर्णिमाको राति जोतिएको खेतमा सामा–चकेवालगायतका मूर्ति विसर्जन गरेसँगै मंगलबार समापन भएको हो।

यस पर्वमा दिदीबहिनीहरूले सामा–चकेवाका मूर्ति बनाएर गीत गाउने, पूजाआजा गर्ने तथा दाजुभाइको सुख, समृद्धि र दीर्घायुको कामना गर्ने परम्परा रहिआएको छ।

मधेशको मौलिक संस्कृति, लोकपरम्परा र पारिवारिक सम्बन्धलाई जोड्ने सामा–चकेवा पर्वले पुस्तौँदेखि सांस्कृतिक पहिचान जोगाउँदै आएको छ।
7
Shares
१० मंसिर २०८३, बुधबार १६:५७