रुकुम पूर्व । गाउँमा १५–१६ दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा अन्धकारमा बस्नुपरेको भन्दै सदिक्षा ओलीले सामाजिक सञ्जालमार्फत गरेको गुनासोपछि गाउँको विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ।

ओलीले विद्युत् समस्या र गाउँलेले भोग्नुपरेको कठिनाइबारे भिडियो बनाएर सार्वजनिक गरेकी थिइन्। उनको भिडियोमार्फत समस्या सार्वजनिक भएपछि काठमाडौंमा रहेका प्राविधिकहरूको टोली गाउँ पुगेर विद्युत् मर्मत गरेको हो।

प्राविधिक टोलीले मर्मत गरेपछि पूरै गाउँमा विद्युत् सेवा पुनः सञ्चालन भएको बताइएको छ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको स्थानीय समस्याले सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै समाधानको बाटो खुलेको यो घटनाले नागरिकका आवाज सुनिनुपर्ने आवश्यकता पनि उजागर गरेको छ।
14
Shares
१० मंसिर २०८३, बुधबार १६:४९