काठमाडौं । लैङ्गिकतामा आधारित हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरिएको छ।

युथ एड्भोकेसी नेपालको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा तथा छुवाछूत अन्त्य गर्न माग गरेका छन्।

प्रदर्शनका क्रममा लैङ्गिक हिंसाविरुद्ध जनचेतना फैलाउने उद्देश्यले नाटकसमेत प्रस्तुत गरिएको थियो। सहभागीहरूले हिंसामुक्त र विभेदरहित समाज निर्माणका लागि सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको सन्देश दिएका छन्।

7
Shares
१० मंसिर २०८३, बुधबार १६:०९