धनगढी । नेपाल प्रिमियर लिग (NPL) को उपाधि जितेर सुदूरपश्चिमको शान बढाएको Sudurpaschim Royals ले आफ्नो ऐतिहासिक जितको खुसी प्रदेशका नौवटै जिल्लाका समर्थकमाझ पुर्‍याउने भएको छ।

क्लबले मंसिर १३ गतेदेखि एक सातासम्म सुदूरपश्चिमका नौवटै जिल्लामा ट्रफी टुर सञ्चालन गर्ने जनाएको छ।

मैदानमा खेलाडीले गरेको संघर्ष, समर्थकले देखाएको अटुट साथ र च्याम्पियन बनेपछिको गौरव अब ट्रफीमार्फत गाउँ–गाउँसम्म पुग्नेछ। यो केवल उपाधिको प्रदर्शन मात्र नभई सुदूरपश्चिमको क्रिकेट प्रेम, एकता र सामूहिक खुसी बाँड्ने अवसरसमेत बन्नेछ।

आफ्नो प्रदेशको नाम उचो बनाएको च्याम्पियन टोलीको ट्रफी आफ्नै ठाउँमा देख्न पाउनु समर्थकका लागि विशेष क्षण बन्ने अपेक्षा गरिएको छ।
7
Shares
१० मंसिर २०८३, बुधबार १७:०७