इजरायल । इजरायलमा नयाँ सरकार गठनका लागि राजनीतिक गतिविधि तीव्र बनेको छ। पूर्वसैनिक प्रमुख तथा याशार पार्टीका नेता गादी आइसेनकोटले सरकार गठनको प्रयासस्वरूप विपक्षी दलसँग पहिलो गठबन्धन सम्झौता गरेका छन्।
आइसेनकोटले मंगलबार दक्षिणपन्थी विपक्षी दल ‘इजरायल आवर होम’ का नेता अविग्दोर लिबरम्यानसँग गठबन्धन गर्ने सहमति गरेका हुन्।गत अक्टोबर २७ मा सम्पन्न निर्वाचनपछि सरकार गठनका लागि भएको यो पहिलो गठबन्धन सम्झौता हो। निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले बहुमत गुमाएपछि राष्ट्रपति आइज्याक हर्जोगले आइसेनकोटलाई नयाँ सरकार गठनको जिम्मेवारी दिएका थिए।
नेतान्याहु भने हाल कामचलाउ प्रधानमन्त्रीका रूपमा कार्यरत छन्। आइसेनकोट र लिबरम्यानबीच भएको सम्झौताले इजरायलको आगामी सत्ता समीकरणमा नयाँ दिशा दिने अपेक्षा गरिएको छ।