भोजपुर । कालो अरिङ्गालको टोकाइबाट भोजपुरमा एक ६० वर्षीय पुरुषको मृत्यु भएको छ।
कालो अरिङ्गालले टोकेपछि स्वास्थ्य अवस्था गम्भीर बनेका राईको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ।अरिङ्गालको टोकाइलाई सामान्य रूपमा नलिन स्वास्थ्यकर्मीले सुझाव दिँदै आएका छन्। विशेषगरी एकैपटक धेरै टोकाइ वा एलर्जी प्रतिक्रिया देखिएमा ज्यानसमेत जोखिममा पर्न सक्ने भएकाले तत्काल स्वास्थ्य संस्थामा पुग्न आवश्यक हुन्छ।
घटनाको स्थान, टोकाइ भएको समय तथा उपचारसम्बन्धी थप विवरण प्राप्त हुन बाँकी छ।