काठमाडौं । अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री-वितरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंसिर ८ गते दिउँसो करिब १ बजे टोखा नगरपालिका–१ भण्डारे क्षेत्रमा महमा अखाद्य पदार्थ मिसावट गरी उत्पादन तथा बिक्री-वितरण भइरहेको सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेको थियो।प्रहरीले धादिङको सिद्धलेक गाउँपालिका–२ घर भई हाल काठमाडौंको टोखा बस्ने ४४ वर्षीय लक्ष्मण गुरुङलाई नियन्त्रणमा लिएको जनाएको छ।
उनको साथबाट १५ बाल्टिनमा राखिएको कुल ३८४ किलोग्राम मह बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद महसहित पक्राउ परेका गुरुङमाथि थप अनुसन्धान भइरहेको छ।खाद्य पदार्थमा मिसावट गरी उपभोक्ताको स्वास्थ्यमा जोखिम पुर्याउने गतिविधिमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ।