विराटनगर महानगरपलिका–१८ भेडयारीमा रहेको विराट प्राथमिक विद्यालयमा अध्ययनरत ८५ जना विपन्न बालबलिकालाई स्विटर, टोपी , मोजा लगायतका न्यानो कपडा वितरण गरिएको हो ।
वडाअध्यक्ष जितेन्द्रकुमार साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्याथीहरुलाई कपडा वितरण गरिएको संस्थाका अध्यक्ष प्रदिप कार्कीले जानकारी दिए ।यसअघि संस्थाले सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक रुपमा विपन्न विद्यार्थीलक्षित ‘न्यानो माया’ अभियान सुरु गर्दै सहयोग जुटाउने काम गरेको थियो ।
अभियान अन्तर्गत विराटनगरको ट्राफिक चौकमा शनिबार चिया बिक्री गर्दै आर्थिक संकलन गरिएको थियो ।‘तपाईँको चियापान बालबालिकालाई न्यानोपन’ नारासहित आयोजित कार्यक्रमबाट संकलित रकमबाट विद्यार्थीका लागि न्यानो कपडा जुटाइएको हो ।
पाँच वर्षदेखि संस्थाले विभिन्न समयमा सामाजिक कार्य गर्दै आइरहेको छ ।
