काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नेतृत्वमा बिहीबार सुकुम्बासी बस्तीमा डोजर चलाएपछि स्थिति तनावपूर्ण बनेको छ। अतिक्रमण हटाउने क्रममा सुकुम्बासी र सुरक्षाकर्मीबीच झडप भएको छ भने केही स्थानमा आक्रमण र धक्का-मुक्कीको घटना पनि देखिएको छ।

डोजर लिएर पुगेका मेयर शाहको उपस्थितिपछि स्थानीयले अवरोध गर्न खोज्दा स्थिति झन् उत्तेजित बनेको हो। बस्ती हटाउने क्रममा टिन र काठका संरचनाहरू भत्काइएका छन्।

सुकुम्बासीहरूले बासस्थान बिना हटाउने प्रयास अन्यायपूर्ण भएको भन्दै विरोध जनाएका थिए, जसका कारण प्रशासनले थप सुरक्षाकर्मी परिचालन गरेको छ।

महानगरले भने अतिक्रमणमुक्त अभियान अन्तर्गत सार्वजनिक जमिन खाली गराउन बाध्य भएको जनाउँदै वैकल्पिक व्यवस्थाबारे समेत छलफल भइरहेको बताएको छ।

स्थिति केही समयको लागि नियन्त्रणमा आए पनि स्थानीयमा आक्रोश कायमै रहेको छ।

49
Shares
३० श्रावण २०८२, शुक्रबार १४:२९