इलाम । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन् ।

इलाम क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेतले उनलाई पराजित गरेका हुन् ।

बस्नेत खनालसँग झण्डै २ हजार ५ मतान्तरसहित निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृत राजकुमार दाहालले बस्नेत निर्वाचित हुने निश्चित भएपनि मत जोड्ने क्रम जारी रहेकाले यकिन मत आइनसकेको बताए ।

खनाललाई सत्तारुढ गठबन्धनका अन्य दलले सहयोग गरे पनि उनी पराजित भएका हुन् । निर्वाचन र मतगणनामा धाँधली भएको भन्दै उनले पुनः मतदान गर्न माग गरेका थिए ।

इलाम क्षेत्र नम्बर २ बाट यसअघि शनिबार घोषित अन्तिम मतगणना परिणामअनुसार एमालेका सुवास नेम्वाङ निर्वाचित भइसकेका छन्।

उनले नेपाली कांग्रेसका डम्बर खड्कालाई पराजित गर्दै विजय हासिल गरेका हुन्।

91
Shares
११ मंसिर २०७९, आईतवार १६:५९