इलाम। संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङ इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

उनी २०५६ सालदेखि निरन्तर त्यहीँ क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् ।

यसअघि सहज रुपमा जित हासिल गर्दै आएका नेम्वाङले यसपटक कठिनका साथ जित निकालेका छन् ।

एमाले नेता नेम्वाङले ३० हजार २० मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

जनता समाजवादी पार्टीका उम्मेदवार यामप्रसाद लिम्बुले ७२४, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले ५१०, लोकतान्त्रिक समाजवादी पार्टीका निरमणि माङ्मु लिम्बुले ६९ मत प्राप्त गरे ।
49
Shares
११ मंसिर २०७९, आईतवार ०३:३२