नियमित स्वास्थ्य परीक्षणका क्रममा वरिष्ठ न्युरोसर्जन डा. वसन्त पन्तले उनलाई पूर्ण रूपमा ट्युमरमुक्त भएको जानकारी दिएका हुन्।
आफ्नो स्वास्थ्य अवस्थाबारे सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै दीपाश्रीले उपचारमा संलग्न डा. पन्तप्रति आभार व्यक्त गरेकी छन्। उनले चिकित्सकको उपचार र सहयोगलाई स्मरण गर्दै आफूले पुनर्जन्म पाएको अनुभूति भएको बताएकी छन्।दीपाश्रीको स्वास्थ्यमा आएको सकारात्मक सुधारले उनका शुभचिन्तक तथा दर्शकमा खुसी थपेको छ।