काठमाडौं । भुटानमा आयोजना हुने ‘Gelephu Men’s T20 International Series’ का लागि सन्तोष यादवको कप्तानीमा १४ सदस्यीय नेपाल ‘ए’ टोली घोषणा गरिएको छ।
डिसेम्बर ४ देखि १३ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल ‘ए’ टोलीले प्रतिस्पर्धा गर्नेछ। नयाँ कप्तानको जिम्मेवारी पाएका यादवको नेतृत्वमा टोलीले अन्तर्राष्ट्रिय अनुभव बटुल्ने अवसर पाउनेछ।प्रतियोगितामा नेपाल ‘ए’ को प्रदर्शन र कप्तान यादवको नेतृत्व कस्तो रहनेछ भन्ने चासो बढेको छ।