गृहमन्त्रालयले निर्देशनअनुसार अनगुगमन गर्दा मापदण्ड विपरीत सञ्चालन गरिएको भेटिएको उद्योगलाई कारबाही गर्न गृहमन्त्रालयमा सिफारिस गरिएको हो ।
मोरङको बेलबारी नगरपालिका र सुन्दरहरैंचा नगरपालिका क्षेत्रमा रहेका क्रसर उद्योगहरूमा अनुगमन गरिएको थियो ।त्यसक्रममा चारवटा क्रसर उद्योग नियमविपरीत सञ्चालन गरिएको पाइएको हो ।
जिल्ला प्रसाशन कार्यालय मोरङ, जिल्ला समन्वय समिति, स्थानीय सरकारका प्रतिनिधि प्रहरी प्रशासन लगायतका प्रतिनिधि सम्मिलित टोलीले मोरङमा सञ्चालित आठवटा क्रसर उद्योगहरुको अनुगमन गरेको थियो ।टोलीले बेलबारी नगरपालिकाको स्टन एग्रिगेट उद्योग प्रालि, सुर्ण एग्रीगेट प्रालि, एमआइ एग्रिगेट प्रालि, धनपाल क्रसर उद्योग, पाथिभारा वासिङ एण्ड क्रसर उद्योगमा अनुगमन गरेको थियो ।
सुन्दरहरैंचाको पूर्वाञ्चल क्रसर, पशुपति स्टोन क्रसिङ उद्योग, जय तिरूपति क्रसर उद्योगमा पनि अनुगमन गरिएको थियो ।
मानव बस्ती र विद्यालय आसपासका क्षेत्रमा क्रसर उद्योग सञ्चालन गरेको भन्दै टोलीले सुन्दरहरैंचाको पशुपति स्टोन क्रसिङ उद्योग, जय तिरूपति क्रसर उद्योग, पूर्वाञ्चल क्रसर उद्योगलाइ बन्द गर्न सिफारिस गरेको छ ।
गृहमन्त्रालयले नियमविपरीत सञ्चालित क्रसर उद्योगहरुको अनुमगन गरी कारबाहीका लागि सिफारिस गर्न निर्देशन दिएको थियो ।
यसअघि सर्वोच्च अदालतले पनि अवैध रुपमा चलेका क्रसर खानीलाई बन्द गराउन आदेश दिएको थियो।