सरकारको नेतृत्वका लागि आज आइतबार ४ बजे दाबी पेश गर्ने तयारी गठबन्धन दलहरुबीच भएको छ । दलहरुले आवश्यक समर्थनसहित प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष दाबी प्रस्तुत गर्नेछन् ।
प्रदेश प्रमुखले दलहरूलाई दिएको समयसीमा आजै साँझ ५ बजे सकिँदैछ।झापा ५ को क्षेत्र नम्बर १ बाट प्रदेशसभामा निर्वाचित कार्की एमाले स्थायी कमिटी सदस्य हुन् । उनी प्रदेशको पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए ।
पुस १७ गते नै प्रदेश प्रमुखले एक साताको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न प्रमुख खापुङले आव्हान गरेका थिए।९३ सदस्सीय सभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ। एमालेसँग ४० र माओवादीसँग १३ सिट छ ।
केन्द्रीय गठबन्धनमा सामेल रहेको राप्रपाको ६ सिट र जसपाको १ सिट थपिँदा सरकारलाई ६० सांसदको समर्थन पुग्नेछ।