विराटनगर । प्रदेश १ प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेले आज आइतबार सरकार गठनका लागि दाबी पेश गर्ने तयारी गरेको छ ।

एमालेले संसदीय दलका नेतामा हिक्मतकुमार कार्कीलाई चयन गरिसकेको छ । कार्कीको नेतृत्वमा सरकार गठनका लागि एमालेले दाबी पेस गर्ने तयारी गरेको हो ।

माओवादी केन्द्र राप्रपा र जनता समाजवादीको समर्थनमा एमाले नेतृत्वमा दाबी पेस गर्ने एमालेका प्रमुख सचेतक रेवतिरमण भण्डारीले बताए ।

सरकार गठनका लागि ४७ प्रदेश सांसद आवश्यक पर्छ । ९३ सदस्यीय प्रदेशसभामा एमालेको ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० प्रदेश सांसदको समर्थनमा कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख पर्शुराम खापुङ्ग समक्ष दाबी पेस तयारी गरिएको जनाइएको छ ।

सरकार गठनका लागि प्रदेश प्रमुख खापुङले गत आइतबार दिएको समय आज साँझ ५ बजे सकिँदैछ ।

सरकारको नेतत्वमा माओवादी केन्द्रले पनि दावी गर्दै आएको छ । माओवादीले ईन्द्रबहादुर आङबोलाई संसदीय दलको नेता चयन गरेको छ ।

56
Shares
२४ पुष २०७९, आईतवार ०९:४७