इलाम क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेतले उनलाई पराजित गरेका हुन् ।
बस्नेत खनालसँग झण्डै २ हजार ५ मतान्तरसहित निर्वाचित भएका हुन् ।निर्वाचन अधिकृत राजकुमार दाहालले बस्नेत निर्वाचित हुने निश्चित भएपनि मत जोड्ने क्रम जारी रहेकाले यकिन मत आइनसकेको बताए ।
खनाललाई सत्तारुढ गठबन्धनका अन्य दलले सहयोग गरे पनि उनी पराजित भएका हुन् । निर्वाचन र मतगणनामा धाँधली भएको भन्दै उनले पुनः मतदान गर्न माग गरेका थिए ।इलाम क्षेत्र नम्बर २ बाट यसअघि शनिबार घोषित अन्तिम मतगणना परिणामअनुसार एमालेका सुवास नेम्वाङ निर्वाचित भइसकेका छन्।
उनले नेपाली कांग्रेसका डम्बर खड्कालाई पराजित गर्दै विजय हासिल गरेका हुन्।