विराटनगर । राजवंशी समाज विकास समितिको आयोजनामा मोरङको अमरदहमा शनिबार हुकाहुकी पर्वका अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गरियो ।

कार्यक्रममा राजवंशी समुदायको मौलिक भेषभेषमा सजिएका कलाकारहरुले विभिन्न खाले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा राजवंशी समुदायका अग्रजहरुको सम्मान पनि गरिएको थियो ।

हुकाहुकी पर्व कोच समुदायले आफ्ना पितृहरूबाट आशीर्वाद माग्ने पर्व हो। आदिवासी राजवंशी समुदाय मौलिक सांस्कृतिक पर्व ‘हुकाहुकी’ को तयारीमा छन् ।

लक्ष्मी पूजाको दिन माता लक्ष्मीलाई आह्वान गरिने प्रचलन रहेको छ । ‘आह्वान गर्दा सोरो–सोरो, माँ लक्ष्मी घर या–घर या’ अर्थात् माता लक्ष्मी घर आउनुहोस् भनेर आग्रह गर्ने गरिन्छ ।

मानिसलाई आवश्यक गाँस बास र कपासलाई जोगाई राख्न, वर्षभरिक लागि धानबाली भित्र्याउने, राजवंशीहरुको जन्म–मृत्यु संस्कारमा र घर निर्माणमा अनिवार्य प्रयोग हुने जुट भित्र्याउने समय भएकाले हर्षोल्लासका साथ पर्व मनाइन्छ ।

सन्ठीको हुकाहुकी र टेक्ठी बनाएर घरमा अग्नि प्रज्वलन गरिन्छ । यो वैदिक कर्मयुक्त संस्कारले अग्निको उज्यालोमा धानबाली नष्ट गर्ने किराहरुको नाश हुने, पिना धानमा छकिर्ने नियमले धान बालीलाई मल हुने भएकाले यसको वैज्ञानिक महत्व पनि रहेको जनाइएको छ ।

झापा, मोरङ र सुनसरी लगायतका पूर्वी तराईमा आफ्ना पितृप्रति श्रद्धा व्यक्त गर्दै यो पर्व मनाउने गरिन्छ। राजवंशी, ताजपुरिया, गनगाईं लगायतका समुदायमा यो पर्व मनाउने चलन छ।

धान काट्ने समयमा यो पर्व पर्ने भएकाले उनीहरू हुकाहुकीको दिन बिहान खेतमा गएर आफ्नो धान राम्रो फलोस्‌ भनी कामना तथा पूजा गर्दछन्।

साँझमा सन्ठी (सनपाटको डाँठ) मा आगो लगाएर आकाशमा आफ्ना पितृ भएको ठान्दै आकाशतर्फ त्यसलाई फाल्दै दादो दादा हुक्काले (हजुरबुवा–हजुरआमा हुक्का लिनुहोस्) भनेर समर्पण गर्ने गरेको यो समुदायका वृद्धवृद्धा बताउँछन् ।

1.43k
Shares
६ कार्तिक २०७९, आईतवार १०:२७