विराटनगर । प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका ९ मा मनिष राजवंशीले सञ्चालन गरेको माता धनवन्ती फर्निचर उद्योगमा गएराति लागेको आगो साढे दुई घण्टामा नियन्त्रणमा लिइएको छ ।

विद्युत् सर्ट भएर लागेको आगो राति साढे १० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी दीपेन्द्र पंजियारले बताए ।

आगलागीबाट फर्निचर उद्योगको सम्पूर्ण सामाग्रीहरू जलेर क्षति भएको छ । प्रहरीका अनुसार आगलागीबाट फर्निचर उद्योगको ५० लाख भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

फर्निचर उद्योगमा लागेको आगो विराटनगर महानगरपालिकाको तीन वटा दमकल, दुहबी र रङ्गेली नगरपालिकाको १र१ वटा गरी पाँच वटा दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो ।

विराटनगर महानगरपालिकाको पाँच वटा दमकल भए पनि तीन वटामात्र दमकल सञ्चालनमा छ । दुई वटा बिग्रिएर थन्किएको छ । पाँच हजार लिटर क्षमताको दुई वटा र तीन हजार लिटर क्षमताको एउटा दमकलको पानी सकिएको दुहबी र रङ्गेली नगरपालिकाको दमकल ढिलो आउँदो आगो नियन्त्रणमा ढिलो भएको थियो ।
3
Shares
२८ आश्विन २०७९, शुक्रबार ०९:५८