आगलागीबाट ५० लाख रूपैयाँभन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीका अनुसार मनिष राजवंशीले सञ्चालन गरेको उद्योगमा राति ८ बजेतिर आगलागी भएको थियो । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
आगलागीबाट फर्निचर उद्योगसहित त्यहाँभित्र रहेका सबै सामान जलेर ध्वस्त भएका छन् । आगो नियन्त्रणमा लिन २ घण्टाभन्दा बढी समय लागेको थियो । ५ वटा दमकल, स्थानीय र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले आगलागीको कारण खुल्न बाँँकी रहेको जानकारी दिए । विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको उनले बताए ।