विराटनगर । एमाले विराटनगर महानगर वडा समिति–११ ले सोमबार (आज) शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

आसन्न मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै कार्यक्रम आयोजना गरिएको कार्यक्रमकी अध्यक्ष ममता प्रधानले जानकारी दिइन् । कार्यक्रमले प्रदेश कमिटी सचिवालय सदस्य सुरजबहादुर श्रेष्ठको अध्यक्षतामा वडास्तरीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

कार्यक्रममा कांग्रेस परित्याग गरेर ३५ जना एमालेमा प्रवेश गरेका छन् । कांग्रेस परित्याग गर्नेमा कांग्रेस क्रियाशील सदस्य सीतादेवी राजवंशी लगायत रहेका छन् ।

एमाले प्रवेश गरेकाहरुलाई मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार लालबाबु पण्डित, प्रदेशसभातर्फ ६ ‘ख’का उम्मेदवार पर्शुराम बस्नेत र समानुपातिक उम्मेदवार अरुण राठीसमेतले संयुक्त रुपमा पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु