फिलिपिन्सको राजधानी मनिलामा १६ देखि १९ अक्टोबरसम्म भएको सम्मेलनबाट राई उपाध्यक्षमा चुनिएका हुन् ।
फेडेरशनसँग आबद्ध रहेका एशिया प्रशान्त क्षेत्रका २५ देशका ट्रेड युनियनका प्रतिनिधि सहभागी भएको सम्मेलनमा उनी उक्त पदका लागि छानिएका हुन् ।दुई सय १४ प्रतिनिधि सम्मिलित सम्मेलनले जापानका सुमिनो सानलाई अध्यक्षमा चयन गरेको छ । विश्वका एक सय ५० देशमा रहेका सात सय युनियनहरु फेडेरेशनसँग आबद्ध छन् ।
बेलायतको लण्डनमा मुख्यालय रहेको फेडेरेसन सन् १८९६ मा स्थापना भएको हो । यातायात मजदुर ट्रेड युनियनहरुको प्रजातान्त्रिक विश्वव्यापी महासंघका रुपमा यो संस्था परिचित छ ।
विश्वभरका ६७७ युनियनहरु उक्त संस्थामा आवद्ध छन् । फेडेरेशनमा विश्वभरमा करिब दुई करोड सदस्य छन् ।

फेडेरेशनले पानीजहाज, सडक यातायात, रेल यातायात, हवाई यातायात, पर्यटन, बन्दरगाह लगायतका क्षेत्रमा कार्यरत श्रमिकका हक, हितका पक्षमा काम गर्दै आएको छ ।
उक्त सम्मेलनले विश्व स्तरीय बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) बारे घोषणापत्र समेत जारी गरेको छ ।
