विराटनगर । भारतको दक्षिणी राज्य केरलामा दुईजना महिलाको हत्या भएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
कोची सरहका वरिष्ट अधिकारीले आर्थिक फाइदाका लागि रीतिरिवाजको नामका उनीहरुको हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको भारतीय सञ्चार माध्यमहरुलाई बताएका छन् ।‘बलिदान’ दिए आर्थिक फाइदा हुने अन्धविश्वासका आधारमा उनीहरुको हत्या भएको पाइएको छ ।
प्रहरीले नियन्त्रणमा लिएकोमा आरोपित जोडी र एक पुरुष छन् । रोस्लिन नाम गरेकी महिलाको जुन ६ मा हत्या भएको प्रहरीले जनाएको छ ।यसैगरी पदमा नाम गरेकी महिलाको पनि हत्या भएको जनाइएको छ । उनी सेप्टेम्बर २६ देखि परिवारको सम्पर्कमा थिइनन् ।
उनीहरुको हत्या भएको भन्दै फरक फरक प्रहरी चौकीमा उजुरी परेको थियो । उजुरीका आधारमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।