पक्राउ पर्ने सिद्धिचरण नगरपालिका–८ सल्लेरीकी २२ वर्षीया छलमाया धमला हुन्। जिल्ला प्रहरी कार्यालय ओखलढुङका डीएसपी सुकदेव खनालका अनुसार ठाकुरसँग प्रेम सम्बन्धमा रहेकी धमलाले असोज ६ गते राति उनको हत्या गरेर फरार भएकी थिइन्।
विष्णुपुर गाउँपालिका–५, सप्तरी स्थायी घर भएका भएका शिक्षक ठाकुर लामो समयदेखि ओखलढुङ्गामा शिक्षण पेसामा कार्यरत थिए।असोज ७ गते बिहान शिक्षक आफ्नै कोठामा मृत अवस्थामा फेला परेको सूचना पाएर शेर्नास्थित प्रहरी चौकी शेर्नाबाट प्रहरी टोली गएको थियो।
शिक्षकलाई कुटपिट गरी घाइते बनाई नाक, मुख र घाँटीमा गम्छाले बाँधेर मुखमा सिरानीले थिचेर हत्या गरेको पाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।आरोपित धमला पहिले ठाकुरकै विद्यार्थी रहेको र हत्याअघि उनीहरू प्रेम सम्बन्धमा रहेको पाइएको प्रहरीले जनाएको छ।