महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँ रहेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ, जबकि बुधबार यसको मूल्य ३ हजार ३८० रुपैयाँ रहेको थियो।सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएपछि बजारमा मूल्य उतारचढावप्रति उपभोक्ता तथा लगानीकर्ताको चासो बढेको छ।