काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष हेमराज शर्माले आगामी अक्टोबरमा काठमाडौंमा हुने १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

विज्ञप्ति जारी गर्दै उनले एनआरएनएको “रिब्रान्डिङ” गर्दै संस्थालाई सबैले अपनत्व गर्ने, समावेशी, पारदर्शी र पुस्तौँसम्म रहने धरोहर संस्थामा रूपान्तरण गर्ने आफ्नो मुख्य योजना रहेको बताए।

शर्माले डायस्पोराका नेपालीहरूको सीप, ज्ञान र लगानीलाई मातृभूमिको विकासमा उपयोग गर्ने, सुरक्षित वैदेशिक रोजगार सुनिश्चित गर्न सहयोग गर्ने र संघलाई विभाजन, नकारात्मक प्रभाव र राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने प्रतिबद्धता जनाएका छन्।

हालै सम्पन्न ५८ वटा राष्ट्रिय समन्वय परिषद् निर्वाचन र ८० हजारभन्दा बढी सदस्यताको आधारमा एनआरएनएलाई अझ प्रभावकारी र एकीकृत बनाउन आफू सक्षम रहेको उनको दाबी छ।

21
Shares
९ भाद्र २०८२, सोमबार १२:०१