कतार र इजिप्टले तयार पारेको ६० दिनको युद्धविराम प्रस्तावलाई इसराइलले अस्वीकार गरेको छ। हमास भने सो प्रस्तावमा सहमत भइसकेको छ। प्रस्तावमा बन्धक रिहाइ, गजाबाट इसराइली सैनिक फिर्ता, प्यालेस्टिनी कैदीहरूको रिहाइ र अमेरिकाबाट दीर्घकालीन शान्तिको ग्यारेन्टी मागिएको थियो। तर इसराइलले सबै बन्धक एकैपटक छोड्नुपर्ने, गजामा इसराइली नियन्त्रण रहने, हमासलाई निशस्त्रीकरण गर्ने र गैर–हमास शासन स्थापना गर्ने कडा सर्त अघि सारेको छ। नेतन्याहूले गजा कब्जा गर्ने योजना अगाडि बढाउँदै सेना परिचालन गरेका छन्, जसलाई देशभित्र र बाहिर तीव्र आलोचना भएको छ।
इसराइलले मानेन गजामा युद्धविरामको नयाँ प्रस्ताव, सबै बन्धक एकैपटक छाड्नुपर्ने सर्त