भारतले उडिसाको चाँदीपुरबाट पाँच हजार किलोमिटरभन्दा बढी दुरीमा प्रहार गर्न सक्ने मध्यम दुरीको ब्यालिस्टिक मिसाइल अग्नि–५ को सफल परीक्षण गरेको छ। एमआईआरभी प्रविधियुक्त यो मिसाइलले एउटै प्रक्षेपणबाट धेरै लक्ष्यमा प्रहार गर्न सक्छ र आणविक हतियार बोकेर चीनसम्म आक्रमण गर्न सक्ने क्षमता राख्छ।

यो परीक्षण चीनका विदेश मन्त्री वाङ यीको भारत भ्रमणलगत्तै गरिएको हो, जसको उद्देश्य द्विपक्षीय सम्बन्ध सुधार्ने र सीमा तनाव कम गर्ने रहेको थियो। भ्रमणका क्रममा चीनले भारतमा खनिज, मल तथा उपकरण निर्यातमा लगाएको प्रतिबन्ध हटाउने सहमति पनि जनाएको छ।

विशेषज्ञहरूका अनुसार यो परीक्षणपछि अग्नि–५ युद्धमा प्रयोगको नजिक पुगेको छ।

14
Shares
५ भाद्र २०८२, बिहीबार १७:२०