काठमाडौँ – नेकपा एकीकृत समाजवादी निकट युवा संघको सञ्जीव राई पक्षले नयाँ नेतृत्व संरचना सार्वजनिक गर्दै विशाल लामालाई उपमहासचिव तथा बागमती प्रदेश इन्चार्जको महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको छ।

सञ्जीव राई नेतृत्वको पक्षले मंगलबार जारी गरेको सर्कुलरअनुसार, लामालाई संगठन विस्तार, नीति कार्यान्वयन र स्थानीय स्तरमा युवाहरूलाई सक्रिय बनाउन योगदानको आधारमा यो जिम्मेवारी दिइएको हो।

युवा संघभित्र लामालाई निष्ठावान्, कर्मठ र युवामैत्री नेता रूपमा चिनिन्छ। बागमती प्रदेशमा विभिन्न चुनौतीहरूबीच संगठनलाई मजबुत बनाउने काममा उनी निरन्तर सक्रिय छन्। युवा संघका साथीहरूले उनलाई “समर्पित र कार्यदक्ष नेता” भनेर प्रशंसा गर्ने गरेको समाचार प्राप्त भएको छ।

सञ्जीव राई पक्षले स्पष्ट पारेको छ कि विशाल लामालाई जिम्मेवारी दिने निर्णय संगठनलाई बलियो बनाउन र युवामाझ नयाँ ऊर्जा भर्ने उद्देश्यसहित गरिएको हो। उनका निकटस्थ साथीहरूले अब संघमा लामाको नेतृत्व क्षमता अझ प्रस्ट रूपमा देखिने विश्वास व्यक्त गरेका छन्।

931
Shares
४ भाद्र २०८२, बुधबार २०:०४