अर्थ समितिका सभापति चालिसे : दोषीलाई थुन्ने होइन, पैसा तिराउने व्यवस्था हुनुपर्छ
अर्थ समितिका सभापति सन्तोष चालिसेले विद्यमान कानुनप्रति प्रश्न उठाउँदै दोषीलाई थुन्नेभन्दा पैसा तिराउने व्यवस्था हुनुपर्ने बताए । उनले २५ हजारभन्दा बढी भारतीय रुपैयाँ ल्याउन नपाउने प्रावधान पनि गलत भएको उल्लेख गर्दै संशोधनका लागि भन्सार विधेयक अघि बढाइने स्पष्ट पारे । बुधबारको अर्थ समिति बैठकले वैकल्पिक वित्तसम्बन्धी विधेयक सर्वसम्मत पारित गरेको छ, जसलाई आगामी संसद् बैठकमा प्रस्तुत गरिनेछ ।